२५ हजार भूमिहीनहरूलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने मन्त्री श्रेष्ठकाे भनाई

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले भूमिहीन दलित र भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको पहिचान सङ्कलन सत्यापन, तथा नाप नक्सा कार्य सम्पन्न गर्ने र आगामी आर्थिक वर्षमा आयोग मार्फत १ सय १० वटा स्थानीय तहमा २५ हजार भूमिहीनहरूलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गर्ने कार्यक्रम रहेको जानकारी गराउनु भयो ।
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री चौधरीले भू–उपयोग नीति कार्यान्वयनका लागि १ सय ७० स्थानीय तहले भूउपयोग वर्गीकरण र योजना निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको अन्य स्थानीय तहमा पनि नापी विभागको सहयोगमा काम भइरहेको जानकारी गराउनु भयो ।
आगामी आर्थिक वर्षमा सहकारीहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना गरी सञ्चालनमा ल्याइने बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्