क्रमागत तथा दायित्व सिर्जना गर्ने कार्यक्रमहरूलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ : मन्त्री गुरुङ

काठमाडाैँ । शहरी विकास मन्त्री सीता गुरुङले खरिद सम्झौता भइसकेको क्रमागत तथा दायित्व सिर्जना भइसकेका कार्यक्रमहरूलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री गुरुङले एसियाली विकास बैङ्कको सहयोगमा सुदूरपश्चिम प्रदेशका चारवटा नगरपालिकाहरू धनगढी, गोदावरी, शुक्लाफाँटा र भिमदत्तमा सञ्चालित क्षेबीय शहरी विकास आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिएको बताउनुभयो ।
उहाँले संघीय संसद् भवन, मन्त्री निवास, प्रदेश प्रमुख र मुख्यमन्त्री आवास तथा सम्पर्क कार्यालय आगामी आर्थिक वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरिसक्ने गरी बजेट विनियोजन गरिएको बताउनु भयो ।
मन्त्री गुरुङले सघन शहरी विकास कार्यक्रम कार्यक्रम थप ३४ नगरपालिकामा विकास गर्ने गरी बजेट व्यवस्था गरिएको, नयाँ शहर आयोजनालाई विशेष प्राथमिकताका साथ बजेट केन्द्रित गरिएको, फोहोरमैला व्यवस्थापनलाई स्थानीय तहलाई जिम्मेवार बनाउने र फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तहलाई सहजीकरण गर्न विशेष योजना बनाइएको पनि जानकारी गराउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्