तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी वार्षिक उपभोक्ता मुद्रास्फीति सन् २०२१ पछिको सबैभन्दा न्यून बिन्दुमा

वासिङ्टन। संयुक्त राज्य अमेरिकाको वार्षिक उपभोक्ता मुद्रास्फीति जुनमा सन् २०२१ पछिको सबैभन्दा कम दरमा झरेको श्रम मन्त्रालयले बुधबार जनाएको छ ।

प्रमुख मुद्रास्फीति मापक, उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) गत महिना अघिल्लो वर्षको तुलनामा ३.० प्रतिशत बढेको छ । यो मे महिनाको ४.० प्रतिशतभन्दा कम हो र विश्लेषकहरूले अनुमान गरेभन्दा पनि केही कम छ ।

अमेरिकी केन्द्रीय बैंकले मागलाई कम गरी मूल्य वृद्धिलाई कम गर्न गत बर्षमा ब्याज दरहरूमा व्यापक वृद्धि गरेको थियो ।

फेडरल रिजर्भका अधिकारीहरूले मुद्रास्फीतिलाई आफ्नो दुई प्रतिशतको लक्ष्यमा फर्काउन थप दर वृद्धि आवश्यक रहेको सङ्केत गरेका छन् । यासूचकाङ्कले लाइनमा आवश्यक अतिरिक्त वृद्धिको सङ्ख्याको बारेमा बजारमा शङ्का उब्जाएको छ।

जूनको उपभोक्ता मुद्रास्फीतिको आँकडाले दुई वर्षभन्दा बढी समयको सबैभन्दा कम वार्षिक दरलाई सङ्केत गर्दछ । अर्को सकारात्मक सङ्केतमा अस्थिर खाद्य र ऊर्जा घटकहरू बाहेक मासिक ‘आन्तरिक’ दर २०२१ पछि यसको सबैभन्दा कम देखिएको हो ।

समग्र मासिक वृद्धिमा आश्रयको सूचकाङ्क ‘सबैभन्दा ठूलो योगदानकर्ता’ रहेको छ र मोटर वाहन बीमाको सूचकाङ्कले पनि योगदान पु¥याएको छ । अन्य क्षेत्रहरूमा उड्ययन भाडा र प्रयोग गरिएका सवारी साधनहरूसहित गिरावट आएको श्रम मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button