तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख तीन दलका शीर्ष नेताहरूको छलफल सकियो 

प्रतिनिधिसभाको बैठक दुई घण्टापछि सर्‍यो

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने सन्दर्भमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरोध गरेपछि यसको समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओली बीच छलफल भएको हो ।

नेकपा एमाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा छ । सत्ता गठबन्धनले प्रधानमन्त्रीले सदनमा जवाफ दिने तर राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।

शीर्ष नेताहरूबीच छलफल जारी नै रहेकोले प्रधानमन्त्रीको आग्रहमा आज निर्धारित प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्ने भनिएकोमा दुई घण्टाका लागि पछाडि सारिएको छ ।

सभामुख देवराज घिमिरेलाई प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठक दुई घण्टा पछाडि सार्न आग्रह गरेपछि सभामुखले तीन शीर्ष नेताबिचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामना दिनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button