मकवानपुरमा दुईवटा ट्रक एक आपसमा ठोकिदा जलेर नष्ट, दुई जना गम्भीर घाइते

मकवानपुर । मकवानपुरमा शनिबार (आज) दुइवटा ट्रक एकआपसमा ठोकिदा जलेर नष्ट भएको छ । भने, दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्व पश्चिम सडक खण्डमा हेटौडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बिहान करिब २ बजे मकवानपुरको मनहरी गाउँपालिका–६, स्थित नयाँबस्ती डिपाट गाउँमा दुई वटा ट्रक ठोकिदा दुवै ट्रक जलेको साथै ट्रकमा सवार दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
घाइते हुनेमा ट्रकमा सवार चितवन राप्ति नगरपालिका–३ बस्ने वर्षीय ३५ विवेक तामाङ र ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने ३२ वर्षीय अर्जुन कुमार प्रजा रहेको उहाँले बताउनुभयो । गम्भीर घाइते दुवैजनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्