तपाईँ सुन्दै हुनुहुन्छः

सम्सी गाउँपालिकाका लेखापाल राउत घुससहित रंगेहात पक्राउ

बर्दिबास । महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल रोषकुमार राउत घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रंगेहात पक्राउ गरेको हो ।

लेखापाल राउतलाई गाउँपालिका कार्यालयबाटै १ लाख २५ हजार घुस रकमसहित पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button