तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर नगरपालिकाको खर्च ७०.८२ प्रतिशत 

टीकापुर कैलाली । टीकापुर नगरपालिकाले अहिलेसम्म चालु आर्थिक वर्षको ७०.८२ प्रतिशत रकम खर्च भएको बताएको छ । 

असार १७ गतेसम्म चालुतर्फ ८०.९९ प्रतिशत र पुँजीगत तर्फ ५७.२४ प्रतिशत गरी जम्मा ७०.८२ प्रतिशत रकम खर्च भएको लेखा अधिकृत लक्ष्मी ओडले जानकारी दिनुभयो । 

उहाँका अनुसार चालु आर्थिक वर्षको जम्मा १ अर्ब ८ करोड २५ लाख ८९ हजार रुपैयाँ बजेट मध्ये ७६ करोड ६७ लाख ५९ हजार खर्च भइसकेको छ । जसमा चालुतर्फ ५१ करोड, ७० लाख, ९२ हजार र पुँजीगततर्फ २४ करोड ७६ लाख ६७ हजार रुपैयाँ खर्च भएको छ । 

गत वर्ष असार १७ गतेसम्म चालुतर्फ ६८ प्रतिशत र पुँजीगततर्फ ४३ प्रतिशतमात्र रकम खर्च भएको थियो । गत वर्षको आँकडा हेर्दा यस वर्ष नगरपालिकाको खर्च सन्तोषजनक रहेको लेखा अधिकृत ओडले बताउनुभयो । 

१७ गतेसम्म ७०.८२ प्रतिशत रकम खर्च भएपनि असार मसान्तसम्म ८० प्रतिशत पुग्न सक्ने अपेक्षा गरिएको अधिकृत ओडले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button