बैजनाथका किसानलाई कृषि उपकरण हस्तान्तरण
बाँके । वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई ५० प्रतिशत अनुदानमार्फत कृषि उपकरण हस्तान्तरण गरेको हो ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले किसानलाई कृषि उब्जनी गर्न सहज र सरल होस् भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र हस्तान्तरण गरिएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले ४२ किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार ३१ किसानलाई मिनिटेलर र ११ किसानलाई पावर टेलर हस्तान्तरण गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्