तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षण नहुँदा सार्वजनिक सम्पत्तिको दुरुपयोग बढ्यो : मन्त्री श्रेष्ठ 

नवलपरासी । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले संरक्षणको अभावमा सार्वजनिक जग्गा र सम्पत्तिको दुरुपयोग बढेको बताउनुभएको छ ।

तथाङ्कहरु सङ्कलन गरी त्यस्ता सार्वजनिक सम्पत्तिको संरक्षणका लागि सरकारले काम गरिरहेको उहाँले बताउनुभयो ।

बर्दघाट नगरपालिका वडा नम्बर १३ मा आयोजना गरिएको भूमिहीनलाई लालपुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले भूमि र आवास सबै नागरिकको संवैधानिक अधिकार भएकाले आयोगमार्फत केही बर्षमै सबै भूमिहीन नागरिकले लालपुर्जा प्राप्त गर्ने र यसका लागि सरकारले जग्गा व्यवस्थापन गर्ने कार्य समेत गरिरहेको बताउनुभयो । 

“सबै नागरिकको जोत्ने भूमि र बस्ने आवास हुनुपर्छ, उहाँले भन्नुभयो, “जनतालाई भूमिको मालिक बनाउन सरकार प्रतिबद्ध ।” 

जिल्ला भूमि आयोगका अध्यक्ष देवराज भण्डारीले पुरानो मनसोभा र सत्यनारायण आयोगको समयमा १९९६ वटा कित्ताहरूको नापी र फिल्ड बुक प्रमाणीकरण गर्ने काम सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा पश्चिम् नवलपरासीका विभिन्न पालिकाका १० जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको थियो।

“बर्षौसम्म जोतभोग गरियो न बैङ्कमा राख्न मिल्छ न अप्ठ्यारोमा काम लाग्थ्यो”, पाल्हीनन्दन गाउँपालिका–३ का सुकीइ मुसहरले भन्नुभयो, “अब पुर्जा पाएपछि सबै काम गर्न सजिलो भयो” ।

जग्गा नापजाँच नभएका स्थानमा केही दिनमै जग्गा नापजाँच सुरु गरिने भूमि आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button