पर्यापर्यटन प्रवद्र्धन गर्न साइकल र्याली

बारा । ‘स्वास्थ्यको लागि साइकल, वातावरणको लागि साइकल’ भन्ने मुल नाराको साथ बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा साइकल रयाली निकालिएको छ ।
उपमहानगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्ज (चारकोसे झाडी) स्वास्थ्य र वातावरण जोगाउन जीतपुरसिमरा उपमहानगरपालिकामा साइकल यात्राको आयोजना गरेको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित रामबन कुनाटोल जनजागरण, जनजागरण, भीमेश्वर सामुदायिक बन, पर्सा राष्ट्रिय निकुञ्ज हुँदै अम्लेखगंजसम्मको १७ कि.मि. दुरीमा साइकल र्याली गरिएको थियो ।
कार्यक्रमको उद्घाटन उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो ।

उपमहानगरपालिकाको इन्जिनियर सञ्जीव रुपाखेतीले जङ्गलभित्र साइकल यात्रीहरूको लागि विश्राम स्थल, दुरी इङ्गित होडिङ्ग बोर्ड , स्वागत द्वार, साइकल लेनलगायतका चिन्हहरू राखिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्