तपाईँ सुन्दै हुनुहुन्छः

बेथान चोकमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बेथान चोक गाउँपालिका ४ पडगाउँ डाँडामा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पडगाउँ डाँडादेखि क्लब घर निस्कने सडकमा सानो बोलेरो गाडी अन्दाजी २०० मिटर तल खस्दा गम्भीर घाइते भएका बेथान चोक गाउँपालिका ४ पडगाउँ डाँडाका दलबहादुर तामाङको बनेपास्थित शिर मेमोरियल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको बेथान चोक ४ का वडाध्यक्ष कृष्णबहादुर पाख्रिनले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते राजु लामाको टाउकोमा गम्भीर चोट लागेको छ । चालक श्रीराम खत्रीको दुवै खुट्टामा चोट लागेको र अर्का घाइते धमाइ तामाङलाई सामान्य चोटपटक लागेको वडाध्यक्ष पाख्रिनले बताउनुभयो ।

गाडीमा चालकसहित ४ जना सवार भएकामा भएका थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

घाइतेहरूको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button