तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका पूर्व कर्मचारी भट्टराईको निधन

काठमाडौँ। रेडियो नेपालका पूर्व कर्मचारी विश्वनाथ भट्टराईको आज बिहान निधन भएको छ । उहाँ मुटुको बिरामी हुनुहुन्थ्यो ।६१ बर्षीय स्वर्गीय भट्टराईलाई गए राती मुटुमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याएको थियो ।

रेडियो नेपालबाट २०७७ साल जेठमा वरिष्ठ लेखा अधिकृत पदबाट अनिवार्य अवकाश पाउनु भएका स्वर्गीय भट्टराईले २०४६ साल वैशाखदेखि राष्ट्रिय कम्प्युटर केन्द्रबाट जागिर सुरु गर्नुभएको र २०५३ साल माघदेखि रेडियो नेपालसँग आबद्ध हुनुहुन्थ्यो ।

स्वर्गीय भट्टराईको श्रीमती र एक जना छोरी हुनुहुन्छ ।स्वर्गीय भट्टराईको निधनप्रति रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले शोक व्यक्त गर्नुभएको छ । स्वर्गीय भट्टराईप्रति रेडियो नेपाल परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button