१६ औँ पञ्चवर्षीय योजनाको तर्जुमा शुरु
काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय योजनाको तर्जुमा शुरु गरेको छ ।
योजना आयोगले १६ औ योजनाको तयारीको लागि आयोगका पूर्व उपाध्यक्ष र विज्ञसँग छलफल शुरु गरेको हो ।
राष्ट्रिय योजना आयोगले छलफलका क्रममा १६ औ योजना कस्तो बनाउनु पर्छ भन्ने बारेमा विज्ञहरुको राय सुझाव लिने छ ।
आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमा सुरु गरेको हो । १६औँ योजनाका लागि आयोगले पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरूसँग छलफल शुरु भएको आयोगका प्रवक्ता सुमन दाहालले जानकारी दिनु भयो ।
बुधबारदेखि नियमित रूपमै विषय विज्ञहरुसँग आयोगले सल्लाह सुझाव लिने र छलफल शुक्रवारसम्म चल्ने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्