ताप्लेजुङको मेहेलेमा पहिरोमा परी एक बेपत्ता, दुई घाइते
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका ६ मेहेलेमा सोमवार बिहान वर्षासँगै झरेको पहिरोले एकजना बेपत्ता भएका छन् । पहिरोमा परेका दुईजनाको उद्धार गरिएको छ । तर उनीहरूको अवस्था गम्भीर रहेको स्थानीयले बत्ताएका छन् ।
जिल्ला समन्वय समितिका सदस्य कला कडरियाका अनुसार ६५ वर्षीय केशर कुमार राई बेपत्ता भएका हुन । पहिरोमा परेका ४५ वर्षका राजकुमार र ३१ वर्षका सुरेश गम्भीर घाइते भएका छन् । उनीहरूलाई पहिरोबाट निकालिएको कडरियाले बताउनुभयो । घरछेउमा रहेको गाडी सुरक्षित गर्न निस्कने क्रममा झरेको पहिरोले तिनै जनालाई बगाएको थियो ।
पहिरोमा परि आइतबार मेहेलेकै गणेश तामाङको मृत्यु भएको छ भने वर्ष ६३ का भगिमाया, ३३ का सन्ध्या र ९ वर्षका प्रज्वल बेपत्ता रहेका छन् । पहिरोका कारण सयौँ परिवार समस्यामा परेको तर उनीहरूलाई सुरक्षित ठाउँमा सार्न कठिन भइरहेको सिदिङवा गाउँपालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो ।
मेहेलेको स्वास्थ्य चौकी आइतबारको पहिरोले बगाएको कारण घाइतेको प्राथमिक उपचारमा समेत समस्या भएको छ ।







प्रतिक्रिया राख्नुहोस्