तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवा आयोगको विश्वासलाई कायम राख्न उपराष्ट्रपति यादवको आग्रह

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगप्रति हालसम्म रहिआएको जनविश्वासलाई कायम राख्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको  छ ।

लोकसेवा आयोगको ७३ औँ वार्षिक समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले जनतालाई सहज रुपमा सेवा दिने निजामतीलगायत क्षेत्रका कर्मचारीको भर्ना र छनोट कार्य निष्पक्ष, स्वतन्त्र र  विश्वसनीय रहेको र यसलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो  । 

समारोहमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी भर्ना र छनोटको कार्यलाई थप वस्तुनिष्ठ, समसामयिक र विश्वसनीय बनाउन  रणनीति योजनाका साथ काम गरिरहेको  जानकारी दिनुभयो । उहाँले पाठ्यक्रम, परीक्षा पद्धतिमा सुधारका साथै उत्तर पुस्तिका प्रणालीलाई थप विश्वसनीय बनाउन कार्यदलको सुझावको आधारमा प्रणालीगत विकास गरिएको समेत बताउनुभयो ।  

कार्यक्रममा संवैधानिक निकायका प्रमुखहरू, आयोगका पूर्व अध्यक्षहरू, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्यसचिव,  सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button