भूमि समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कोहलपुरका राजनीतिज्ञ

बाँके । कोहलपुर क्षेत्रमा देखिएका भूमि समस्या समाधानका लागी संघीय राजधानी पुगेको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेको छ । सर्वदलीय टोलीका सदस्य माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने, नेकपा एमाले प्रदेश सदस्य खिलप्रसाद भुषाल ,नेपाली काङ्ग्रेस बाँके जिल्ला सभापति नारायण गौडेल कोहलपुर वडा नम्बर १,२,५,९ र १२ का वडा अध्यक्ष लगायतले प्रधानमन्त्री प्रचण्ड सँग भेट गरि भूमि आयोगको काममा वन ऐनका कारण परेको समस्याबारे जानकारी गराउँदै समस्या समाधानका लागी आग्रह गरेको जानकारी दिनुभयो ।
कतिपय वडाहरूमा नाप जाँच भई पुर्जा तयारी भई सकेको अवस्थामा बन ऐनका कारण पुर्जा वितरण रोकिएको बारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको थियो । भूमि ऐनमा १० वर्ष बसेका भूमिहीन दलित , भूमिहीन र अव्यवस्थित बसोवासी लाई पुर्जा दिने उल्लेख भएपनि बन ऐनका कारण समस्या पैदा भएको छ । यस्तै टोलीले मुक्त कमैयाले पाएको जग्गाको पूर्ण स्वामित्व कायम नभएको , उनीहरूले उपभोग गरेपनि बैक तथा वित्तीय संस्थामा धितो लगायतका काम गर्न नपाएको भन्दै पूर्ण स्वामित्व दिन आग्रह गरिएको एमाले नेता खिल प्रसाद भुसालले जानकारी दिनुभयो ।
यस्तै टोलीले राष्ट्रिय निकुञ्ज घोषणा हुनु भन्दा पहिले बसेका बस्तीहरू लाई बफर एरिया परेर जग्गा नापजाँच गर्न नदिएको बारे पनि ध्यानाकर्षण गराएको छ । कोहलपुरबाट गएको सो टोलीले अर्थमन्त्री , बनमन्त्री , भूमिसुधार , शहरी विकास मन्त्री , कानुनमन्त्री लगायत सँग पनि भेट गरी समस्या समाधानका लागी ध्यानाकर्षण गराएको छ । टोलीले भोलि गृहमन्त्री र ऊर्जा मन्त्री लाई भेट्ने माओवादीका नेता नरेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भूमि समस्याको समाधान आफ्नो सरकारले गर्ने भन्दै बाझिएका ऐन संशोधन गर्ने तयारी भई रहेको जानकारी दिँदै मुक्त कमैयाका समस्या पनि समाधान गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्