खोलामा डुबेर एक बालक र एक बालिकाको मृत्यु
बाँके । केही दिन यता गर्मी बढेसँगै खोलानाला, नदी, तलाउमा डुबेर मर्नेको सङ्ख्या दिनदिनै थपिएको छ । बाँकेको खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार अत्यधिक गर्मीका कारण खजुरा ६ का चार जना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए ।
ईलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख प्रहरी निरीक्षक सन्दिप बेलवासेले दिनुभएको जानकारी अनुसार खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण नेपाली डुबेर बेपत्ता भएको खबर आएलगत्तै पुगेको प्रहरीले खोजतलास गर्दा बालिका डाँगीको शव भेटिएको थियो भने नेपालीको शव अपराह्न तीन बजे मात्र भेटिएको हो ।








प्रतिक्रिया राख्नुहोस्