राष्ट्रपतिसमक्ष पाकिस्तान र कोरियाका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाण पत्र पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाकिस्तान र कोरियाका नवनियुक्त राजदूत द्वयले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा राष्ट्रपतिसमक्ष नेपालका लागि पाकिस्तानका राजदूत अबरार हुसैन हाशमी र कोरियाका राजदूत पार्क थियोङ्गले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।








प्रतिक्रिया राख्नुहोस्