अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा चार दिन बिदा
धनगढी । अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा चार दिनका लागि पठनपाठन बन्द गरिएको छ ।
आज सार्वजनिक सूचना जारी गर्दै धनगढी उपमहानगरपालिकाले भोली जेठ २८ गतेदेखि चार दिनका लागि सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द गर्न र गराउन अनुरोध गरेको छ ।
अत्यधिक गर्मी बढेकाले विद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने र त्यसको प्रभावबाट बचाउन विद्यालय बन्द गर्न र गराउनुपरेको उपमहानगरपालिकाले जनाएको छ ।
यस्तै गर्मीबाट बच्नका लागि सावधानीका उपाय अबलम्बन गर्न समेत उपमहानगरले सबैलाई आग्रह गरेको छ । यसैबीच विगत एक सातादेखि कैलालीमा अत्यधिक गर्मी बढेको छ । बढ्दो गर्मीसँगै लु चल्न थालेपछि जनजीवन कष्टकर बनेको छ।
गर्मी बढेपछि धनगढी, अतरिया लगायतका ठुला साना बजारमा आवागमन पातलिएको छ । पछिल्ला दिनमा धनगढीको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस भन्दा माथि पुग्ने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्