तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

धनगढी  । सुदूरपश्चिम प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल शुरु भएको छ । 

प्रदेश सभाको आजको बैठकमा सभामुख भिमबहादुर भण्डारीले प्रस्तुत नीति तथा कार्यक्रम माथि छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुहुँदै छलफल आरम्भ भएको जानकारी दिनुभयो । 

त्यसअघि, मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारको नीति तथा कार्यक्रम छलफलका लागि बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । 

आजको बैठकमा नेपाली काँग्रेसका मेघराज खड्का, नेकपा माओवादी केन्द्रका खगराज भट्ट, नेकपा एकीकृत समाजवादीका दिर्घबहादुर सोडारी, नागरिक उन्मुक्तिका घनश्याम चौधरी र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नेता राजेन्द्रसिंह रावल, राप्रपाका खेमादेवी बिष्ट, डा.तारा जोशी (स्वतन्त्र)ले लिनुभयो । 

बैठकमा सत्ता पक्षका प्रदेश सभा सदस्यहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा सन्तोषजनक रहेको धारणा राख्नु भयो भने विपक्षी दलका प्रदेश सभा सदस्यहरुले नीति तथा कार्यक्रम परम्परागत शैलीमा आएकाले कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button