संविधान र कानुन विपरीत हुने गतिविधि नियन्त्रणमा सरकार प्रतिबद्ध : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान र कानुन विपरीत हुने गतिविधि नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठक इलाम घटनाका बारेमा जानकारी गराउँदै गृहमन्त्री श्रेष्ठले कानुन विपरीतका गतिविधि नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण रुपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई भएपनि अराजक गतिविधिलाई सरकारले छुट नदिने बताउनुभयो ।
गृहमन्त्री श्रेष्ठले कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा संस्थाहरूको सुरक्षामा चुनौती उत्पन्न गर्ने जो कोहीलाई पनि सरकारले कानुनी दायरामा ल्याउने बताउनुभयो ।

आजको बैठक प्रारम्भ भएलगत्तै एमालेका सांसदहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद योगेशकुमार भट्टराईलाई समय दिनुभएको थियो ।
सांसद योगेश भट्टराईले कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएपछि एमालेले सरकारको जवाफ मागेको थियो ।
प्रतिनिधिसभाको आजको बैठकमा जारी छ ।








प्रतिक्रिया राख्नुहोस्