प्रतिनिधिसभा बैठक : बजेटमाथि छलफल प्रारम्भ

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएपछि बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको हो ।
बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय आधारमा आफ्ना धारणा राख्नुभएको छ ।
बैठकमा सांसद ज्ञानेन्द्र बहादुर कार्कीले द्वन्द्वमा गएको मुलुकलाई शान्तितर्फ उन्मुख गर्दै नेपाल समुन्नत मुलुकका रुपमा रूपान्तरण भइरहेको बताउनुभयो ।
बैठकमा सांसद ठाकुर गैरेले निश्चित व्यापारिक समूहलाई लाभ पुग्ने गरी करका दर हेरफेर गरेको आरोप लगाउँदै प्रश्न उठाउनुभयो ।
यस्तै बैठकमा सांसदहरु देवेन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर शाही, डोल प्रसाद अर्याल र प्रदीप यादवले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै बजेटले सबै कुरा समेट्न नसकेको गुनासो गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकले पूर्व सांसद मिना पाण्डे र श्याम सुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक भोलि जेठ २३ गते दिनको ११ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्