तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

सोमबार बस्ने बैठकमा सभामुखले देबराज घिमिरेले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको जानकारी गराउने कार्यसूचि रहेको छ ।

यस्तै,बजेटमाथिको छलफल सुरु गर्ने कार्यसूचि पनि रहेको संसद सचिवालयले जनाएको छ ।

बजेटमाथिको छलफल आइतबारदेखि सुरु गर्ने कार्यसूचि रहे पनि एमालेसहितका विपक्षी दलहरुको अवरोधका कारण वैठक स्थगित भएको थियो ।

बैठक ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button