कञ्चनपुरमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

कञ्चनपुर । कञ्चनपुरमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले शुक्रबार कञ्चनपुरको महाकाली नदीमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरेको हो । पूर्व अभ्यासले मनसुनको समयमा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले विश्वास व्यक्त गर्नुभयो ।
कञ्चनपुर जिल्ला बाढीको उच्च जोखिममा रहेकोले यस किसिमको पूर्व अभ्यास गरिएको र विपद्को समयमा हुने क्षति न्यूनीकरण गर्न तथा शीघ्र प्रतिकार्यमा कोशेढुङ्गा साबित हुने आयोजक नेपाली सेनाको दाबी छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीको संयुक्त टोलीले मनसुनको समयमा आउने बाढीबाट जनधनको क्षति रोक्न यस्तो अभ्यास गरेका हुन् । विपद्को समयमा विगतमा भएका कमीकमजोरी र नयाँ कार्ययोजनामा आधारित रहेर अभ्यास गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्