तपाईँ सुन्दै हुनुहुन्छः

भौतिक संरचना निर्माणको कामलाई पहिलो प्राथमिकता दिनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले भौतिक संरचना निर्माणको कामलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको आज निरीक्षण गर्नुहुँदै सभामुख घिमिरेले कुनै पनि बाहानामा भौतिक संरचनाको काममा ढिला सुस्ती गर्न नहुने बताउनुभयो ।

सभामुख घिमिरेले निर्माणाधीन सङ्घीय संसद् भवन निमार्णका लागि सरकारले  भुक्तानी समेत दिइसेकेको अवस्थामा संरचना निमार्णको कामलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सभामुख घिमिरेले निर्माणको गति वृद्धि गर्न र त्रुटिरहित काम गर्न समेत निर्देशन समेत दिनुभयो ।

निरीक्षणका क्रममा उपसभामुख इन्दिरा रानाले भवन निर्माणमा न्यून जनशक्ति प्रयोग गरिएको भन्नुहुँदै निर्धारित समयमै काम सक्ने गरी जनशक्तिको प्रबन्ध गर्नुपर्ने धारणा राख्नुभयो ।

शहरी विकास मन्त्री सीता गुरुङले भवनको निमार्ण कार्य समयमै सम्पन्न गर्न भुक्तानी दिने विषय र अन्य नीतिगत अप्ठ्यारो भएमा त्यसलाई फुकाउन आफु सकारात्मक रहेको बताउनुभयो ।

मन्त्री गुरुङले निर्माणाधीन भवनको काम समयमै सक्नका लागि जनशक्ति थप गरी समयानुकूल व्यवस्थापन गर्न निर्देशन दिएको बताउनुभयो ।

सिंहदरबारस्थित पुतली बगैँचा वरपरको १ सय ५१ रोपनी जग्गामा ८ वटा मुख्य भवनसहित १२ वटा अत्याधुनिक भवनको निर्माण कार्य भइरहेको छ ।

भवन निमार्णको ६३ प्रतिशत काम सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button