तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथा आरोही बुढामगरलाई सभापति देउवाको सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्नुभएका हरिबहादुर बुढामगरलाई सम्मान गर्नुभएको छ । 

काठमाडौँमा आज आयोजित सम्मान कार्यक्रममा सगरमाथा आरोही बुढामगरलाई सभापति देउवाले सम्मान गर्नुभएको हो ।

सो अवसरमा सभापति देउवाले आरोही मगरलाई आरोहणको क्रममा भोग्नुपरेका समस्याको बारेमा जिज्ञासा राख्नुभएको थियो  साथै  सभापति देउवाले उहाँलाई देशको नाम उच्च राख्न सफल हुनुभएकोमा धन्यवाद समेत दिनुभयो । 

सम्मान कार्यक्रममा सगरमाथा आरोही बुढामगरले सगरमाथा आरोहणका क्रममा आफूले भोगेका आफ्ना अनुभवहरू सुनाउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button