तपाईँ सुन्दै हुनुहुन्छः

नियमावली संशोधन मस्यौदा समितिको बैठक

काठमाडौँ । संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली ,२०७५ संशोधन मस्यौदा समितिको पहिलो बैठक आज बानेश्वरमा बसेको छ । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा पहिलो बैठक बसेको हो । 

बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले मस्यौदा समितिले नियमावलीमा संशोधनको काम जति सक्दो छिटो सक्नुपर्ने बाध्यकारी अवस्था रहेको भन्दै समयमा नै काम सक्ने विश्वास ब्यक्त गर्नुभयो । 

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले नियमावली सर्वसम्मत ढंगले पास गर्न आग्रह गर्दै लामो समयसम्म संशोधन गर्न नपर्ने गरी तयार हुने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button