नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज (शनिबार) बस्दैछ। शुक्रबार सरेको बैठक आज बिहान ८ बजे पार्टी मुख्यालय च्यासलमा बस्न लागेको हो।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रबार दिउँसो ३ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको जानकारी दिनुभएकाे थियाे।
एमालेले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठकबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ।
आज बस्ने केन्द्रीय समिति बैठकले समूहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्