पाल्पाको रामपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
पाल्पा । पाल्पाको रामपुर नगरपालिका ५ भम्बकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान साढे ७ बजेको समयमा रामपुर ५ भम्बकका ३४ वर्षीय गोविन्द कुमाल काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा नजिकै रहेको बिजुलीको नाङ्गो तार छुन पुग्दा करेन्ट लागी निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
करेन्ट लागी घाइते भएका कुमालको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्