जनताका आवाजलाई राज्यसम्म पुर्याउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार सूचना प्रविधि मन्त्री रेखा शर्माले जनताका आवश्यकताका आवाजलाई राज्यसम्म पुर्याउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
मन्त्री शर्माले लामो इतिहास बोकेको गोरखापत्र दैनिकले सरकार र नागरिकबीचमा पुलको काम गर्दै आएको बताउनुभयो ।
समारोहमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सरकारी सञ्चार माध्यमका रुपमा परिचित गोरखापत्र दैनिकले भ्रष्टाचारलगायत राज्यका बेथितिका समाचार बनाएर व्यवसायिकता प्रस्तुत गरेको बताउनुभयो ।

त्यसैगरी गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मुलुकमा आर्थिक मन्दी बढ्दै गएको अवस्थामा गोरखापत्र संस्थानले विभिन्न प्रकाशनमार्फत गत वर्षको तुलनामा २० प्रतिशत आम्दानी वृद्धि गरेको जानकारी दिनुभयो ।
समारोहमा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादन शिवकुमार भट्टराईले गोरखापत्र दैनिकले विभिन्न ३८ भाषामा सूचना तथा समाचार प्रस्तुत गरेर समावेशी नेपालको आवज पस्कँदै आएको जानकारी दिनुभयो ।
यस अवसरमा गोरखापत्र संस्थानले सबैभन्दा बढी कारोबार गर्ने विज्ञापन एजेन्सी, उत्कृष्ट विक्री एजेन्ट, उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट संवाददातालाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।
त्यसैगरी संस्थानले २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरेका आफ्ना कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्