तपाईँ सुन्दै हुनुहुन्छः

हेलिकोप्टर दुर्घटना अपडेट : एक जनाको मृत्यु

सुजन बज्राचार्य
खाँदबारी । सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो । 

हेलिकोप्टरमा सवार चार जना गम्भीर घाइते हुनुभएको उहाँले बताउनुभयो । आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । 

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आउनुभएको थियो । दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते हुनुभएको छ । उहाँहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button