तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन भोलि बेलायत जानुहुने

काठमाडाैं । परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले आज जनाएको हो ।

सो अवसरमा उहाँ अन्य औपचारिक कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कनुहुने तालिका छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button