तपाईँ सुन्दै हुनुहुन्छः

पृथ्वी राजमार्ग आज पनि सवारी आवागमन अवरुद्ध, वैकल्पिक मार्ग अपनाउन आग्रह

धादिङ। हिजोदेखि बन्द रहेको पृथ्वी राजमार्गमा आज पनि सवारी आवागमन अवरुद्ध छ । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल भाँसिदा पृथ्वी राजमार्ग भएर जाने सवारी आवागमन बन्द भएको हो ।

पूर्वबाट आउने सवारी साधनका लागि वैकल्पिक सडकको रुपमा त्रिभुवन लोकपथ, कान्तिमार्ग र अन्यका लागि गल्छी हुदै त्रिशुलीको बाटो एवं धार्के केवलपुर हुदै गल्छि निस्कने बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।

वर्षाले पुलको धुनीबेँसी पट्टिको भाग भासिएको छ । नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button