तपाईँ सुन्दै हुनुहुन्छः

टिपरको ठक्करबाट बालकको मृत्यु

जनकपुरधाम । धनुषाको सबैलामा टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला १२ सिर्खाटोलका वर्ष ७ का रियान्स दनुवार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रदेश २–०३–००१ क १६२१ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँकी रावी कुमारी दनुवार घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

टिपरको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयवासी आक्रोशित हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त भएको थियो । स्थानीयवासीले टिपरमा आगजनी गर्न खोजे पनि प्रहरीले हवाई फायर गरी जोगाएको थियो ।

मृतक बालक र घाइते बालिका स्कुलबाट घर फर्कने क्रममा टिपरले ठक्कर दिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button