तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा बुबाको इँटा प्रहारबाट छोराको मृत्यु

धनगढी  । कैलालीमा बुबाको इँटा प्रहारबाट छोराको मृत्यु भएको छ । 

धनगढी उपमहानगरपालिका–६ का महेश कुमार चौधरीले इँटा प्रहार गर्दा छोरा अर्जुन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घरदेखि पर जङ्गलमा आज महेशले २१ वर्षीय छोरा अर्जुनको टाउकोमा इँटा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । 

महेशलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button