लुम्बिनीका मुख्यमन्त्रीको आज शपथ ग्रहण
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
नेकपा माओवादी सहितका राजनीतिक दलको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चौधरीले आज पद तथा गोपनीयताको शपथ लिन लाग्नुभएको हो । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा आज अपराह्न १ः०० बजे पद तथा गोपनीयताका शपथ हुनेछ ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्