तपाईँ सुन्दै हुनुहुन्छः

बारा–२ मा उपेन्द्र यादवको अग्रता कायमै

बारा। बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउनुभएको छ ।

जसपा अध्यक्ष यादवले १२हजार १ सय २१मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ७ हजार ६सय ९३मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ । यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले चार हजार३ सय २८मतसहित तेस्रो स्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अर्का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले १ हजार ९ सय ४१मत प्राप्त गर्नुभएको छ ।

कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो । महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएको छ ।अहिले मतगणना जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button