तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा जारी 

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा जारी  छ ।

बैठकमा संसदीय समितिहरूको गठन तथा टिआरसी विधेयक लगायतका विवादित विषयमा टुङ्गो लगाउने, समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा दलका सचेतकहरू सहभागी हुनुहुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button