तपाईँ सुन्दै हुनुहुन्छः

मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा

भरतपुर । चितवन मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ । उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसी टिभी क्यामेरा जडानको काम गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । उहाँले तारजालीसहित नौ वटा सिसी क्यामरा जडान गरिएको बताउनुभयो ।

यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणना स्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ । आचार्यका अनुसार आजै सम्पूर्ण मतपेटिका मतगणना स्थलमा ल्याइने र सकेसम्म मतगणना सुरु गरिने जानकारी दिनुभयो । सर्वदलीय बैठकपछि मात्र मतगणनाको समय तय हुने उहाँको भनाइ छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button