तपाईँ सुन्दै हुनुहुन्छः

बुद्ध जन्म स्थलबाट नयाँ सेमेस्टर सुरुवात गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय

भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालय, केन्द्रिय क्याम्पसले भगवान् गौतम बुद्धको जन्म स्थल मायादेवी मन्दिर, लुम्बिनीबाट नयाँ सेमेस्टर सुरुवात गरेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले भोट बौद्ध अध्ययनको नयाँ कक्षा शुरु गरेको हो । क्याम्पसले हरेक कार्यक्रमको नयाँ शैक्षिक सत्र शुरु हुँदा अभिमुखीकरण दिँदै आएको छ । यस पटक भोट बौद्ध अध्ययनको नयाँ कक्षा शाक्यमुनि बुद्ध जन्मस्थल स्थित मायादेवी मन्दिरको परिसरमा बुद्धबन्दना, ध्यान, प्रवचन गरी शुरुवात गरिएको क्याम्पस प्रमुख नीर बहादुर गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षकहरू खेन्पो फुर्पा शेर्पा, गेस्से यसी दोर्जी लामा, खेन्पो कर्मा ठिन्ले तामाङ, श्रद्धेय भन्ते सिरी वजिर र करिब २० जना लामा आनीहरुको उपस्थितिमा सम्पन्न भएको विभागीय प्रमुख डा। ङिमा शेर्पाले बताउनुभयो ।

सोही अवसरमा बोल्दै क्याम्पस प्रमुख गुरुङले विश्वविद्यालयको केन्द्रिय क्याम्पसले पहिलो पटक नयाँ सेमेस्टर मायादेवी परिसरबाट शुरु गरेको जानकारी दिनुभयो ।

अबदेखि हरेक नयाँ कक्षा भगवान् गौतम बुद्धको पवित्र जन्म स्थल मायादेवी मन्दिर परिसरबाट शुरु गरिने क्याम्पस प्रमुख नीर बहादुर गुरुङले बताउनुभयो ।

विश्व विद्यालयको स्थापना वि।सं। २०६२ मा भएर शैक्षिक कार्यक्रमको शुरुवात वि।सं।२०६७ मा विद्यावारिधिबाट शुरु भएको थियो ।

केन्द्रिय क्याम्पसमा भने बौद्ध अध्ययनमा स्नातकोत्तर तहको कार्यक्रम वि।सं। २०७० बाट शुरु गरेको थियो । हाल केन्द्रियक्याम्पसमाबौद्ध अध्ययन र पुरातत्त्व तथा बौद्ध पुरातात्त्विक क्षेत्र विषयमा स्नातकोत्तर तहका र स्नातक तहमा ट्राभल टुरिजम अनि ग्रामीण विकासमा गरी ५ वटा शैक्षिक कार्यक्रम सञ्चालनरत छन् । जसमा करिब २ सय जना विद्यार्थीहरू अध्ययन गर्दैछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button