‘गण्डकी सरोकार’ कार्यक्रम प्रसारण सम्बन्धी सम्झौता
गोविन्द थापा पोखरा । आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेश पोखरा र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराबिच ‘गण्डकी सरोकार’ कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सुरण प्रसाद शर्मा र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराका निमित्त कार्यालय प्रमुख शान्ति गुरुङले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार ‘गण्डकी सरोकार’ कार्यक्रम प्रत्येक हप्ताको मङ्गलवार अपराह्न ४ बजेको समाचारपछि साँढे ४ बजेसम्म र शनिबार अपराह्न ४ बजेको समाचारपछि साँढे चार बजेसम्म २० मिनेट प्रसारण हुनेछ ।
कार्यक्रम रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र पोखराको मिडियम वेभ ६८४ किलोहर्ज, एफ.एम ब्यान्डको १०० मेगाहर्जमा पोखरा, तनहुँको बन्दीपुर र पर्वतको दुर्लुङकोट रिले स्टेसनका साथै एफ.एम १०३ मेगाहर्जमा नवलपुरको दाउन्नेस्थित रिले स्टेशनबाट एकैसाथ प्रसारण हुनेछ । यसका अतिरिक्त रेडियो नेपालको अनलाइन पोर्टल www.onlineradionepal.gov.np , मोबाइल एप र फेसबुक लाइभबाट पनि प्रसारण हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्