तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारको पेशागत हकका लागि राज्यले ध्यान दिनुपर्छ : मुख्यमन्त्री गिरी

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पत्रकारको पेशागत हक र सुरक्षाका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिकोरुपमा बोल्नु हुँदै मुख्यमन्त्री गिरीले पत्रकारको पेशागत हक हित, सुरक्षा र आर्थिक रुपमा सबल र सक्षम बनाउन राज्यले अझ बढी भूमिका खेल्नुपर्ने बताउनु भयो ।

पत्रकारले राम्रा कामको प्रचार गर्ने र गलत कामलाई निरुत्साहित गरी मुलुकको हितका निम्ति सञ्चार जगतले काम गर्नुपर्ने बताउनु भयो । मुलुकलाई कमजोरबाट बचाउन सञ्चार र पत्रकारको सदैब अहम् भूमिका हुने मुख्य मन्त्री लिला गिरीले बताउनुभयो ।

अबको युग भनेको क्षमता वृद्धि गर्ने, पत्रकारले राम्रो कामको व्यापक प्रचार गर्ने, कसैले चुनौती नदिने खालको पत्रकार हुनुपर्ने मुख्य मन्त्री गिरीको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button