उपप्रधान मन्त्री श्रेष्ठद्वारा लुम्बिनीको भ्रमण
भैरहवा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मङ्गलवार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ।
मङ्गलवार लुम्बिनी आउनुभएका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङगले लुम्बिनी भ्रमण गर्नुभएको हो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेकुमार त्रिपाठी), सदस्य सचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राइले गृहमन्त्री श्रेष्ठ र राजदूत सोङगलाई स्वागत गर्नुभएको थियो।
विभिन्न कार्यक्रमका सिलसिलामा रुपन्देही आउनुभएका गृहमन्त्री श्रेष्ठले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पवित्र बगैँचा, शान्ति दीपको अवलोकन गर्नुभयो ।
त्यस्तै चिनियाँ विहारको समेत गृहमन्त्री र राजदूतले निरीक्षण गर्नुभएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो। भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको पछिल्लो अवस्था, पर्यटकहरूको अवस्था र विकास निर्माणका सवालमा चासो राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्