कर्णाली प्रदेशमा एमालेबाट सरकारमा सहभागी तीन मन्त्रीद्वारा राजीनामा
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ ।
कर्णाली प्रदेशमा एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले आज मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाउनुभएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटन मन्त्री जितबहादुर शाहीले आज मुख्यमन्त्री शर्मासमक्ष राजीनामा बुझाउनुभएको हो ।
केही दिनअघि मात्र मुख्यमन्त्री शर्माले प्रदेशसभासमक्ष विश्वासको मत माग्दा एमालेले पनि विश्वासको मत दिएको थियो भने तत्काल सरकारबाट नबाहिरिने बताएको थियो ।
प्रतिक्रिया राख्नुहोस्