तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ 

सुनसरी । इलाका प्रहरी कार्यालय दुहबीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ । 

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीको २०६९/०१/३१ गतेको फैसलाले १० वर्ष कैद सजाय फैसला भएका साबिक औरावनी गाउँ विकास समिति हालको गढी गाउँपालिका–२ का ३५ वर्षीय बिटोसन भनिने बिमल कुमार चौधरीलाई घरबाट नै पक्राउ गरेको हो । 

पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएकोमा तोकिएको कैद सजाय भुक्तानको लागि झुम्का कारागार पठाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button