राष्ट्रिय सभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले राजनीतिक र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
सांसदहरुले राष्ट्रियताका विषयमा सबै एक भएर अघि बढ्नु पर्ने, जातीय विभेदको अन्त्य गर्नु पर्ने, नागरिकले सहज रुपमा आधारभूत सेवा सहज रुपमा प्राप्त गर्न नसकिरहेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले सरकारबाट भएका राम्रा निर्णयहरू कार्यान्वयनमा लैजान आवश्यक रहेको र नागरिकलाई केन्द्रमा राखेर सरकारले काम गर्नु पर्नेमा जोड दिनुभयो ।
बैठकको सांसदहरुले किसानलाई समयमा नै बल, बिउ र सिँचाइको व्यवस्था गर्न फलफूल र तरकारीहरूको बिउ नेपालमा नै उत्पादन गर्ने तर्पm ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सांसदहरुले पशुपालक किसानलाई दिने भनिएको अनुदान लगायतका सुविधा वास्तविक किसानले पाउन नसकिरहेको र बिचौलियाले मूल्य बढाएर गुणस्तरहीन दुध, दही, ध्यु लगायतका खाद्यवस्तु बिक्री गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।
कोशी प्रदेशको नामाकरणले समस्या र आन्दोलन निम्त्याएको भन्दै यस तर्फ गम्भीर हुन पनि सांसदहरुले सभा मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्