टीकापुर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
टीकापुर कैलाली । कैलालीको टीकापुरस्थित टीकापुर बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगित भएको छ ।
कृषि विज्ञान संकायका विद्यार्थीहरू कृषि विज्ञान संकायको छुट्टै स्ववियू निर्वाचन हुनुपर्ने माग राखी उनीहरूले आन्दोलनमा उत्रिएपछि क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको हो ।
विद्यार्थीहरू छुट्टै स्ववियु निर्वाचन हुनुपर्ने माग राखी आन्दोलनमा उत्रिएका र विश्वविद्यालयको कार्यविधिमा त्यो व्यवस्था नभएकाले क्याम्पस प्रशासन र विद्यार्थीहरूबीच पटक पटक भएका छलफलहरू बिना निष्कर्ष सकिएपछि अहिलेलाई स्ववियु निर्वाचन स्थगित भएको सहायक क्याम्पस प्रमुख लालसिंह कार्कीले जानकारी दिनुभयो ।
विद्यार्थीहरूले उक्त क्याम्पसका रहेको कृषि विज्ञान संकायको डिन कार्यालय र विभागमा पनि तालाबन्दी गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसमा यसअघि यही चैत्र ८ गते स्ववियु निर्वाचन हुने कार्यतालिका रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्