पोषण सम्बन्धी विषयलाई समेटेर कार्यक्रम प्रसारण गर्ने सम्झौता

काठमाडौँ । रेडियो नेपाल र सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाइ)बीच रेडियो नेपालबाट भोजन पोषण सम्बन्धी विषयलाई समेटेर कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ।
विशेषगरी युवालाई पोषणका बारेमा जानकारी गराउने कार्यक्रमको उद्देश्य रहेको छ।

सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाइ)का कार्यक्रम अधिकृत बोनिता शर्माले हस्ताक्षर गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्