तपाईँ सुन्दै हुनुहुन्छः

दुई हजार केजी सुपारीसहित चालक प्रहरी नियन्त्रणमा

झापा । झापाको मेचीनगरमा दुई हजार अवैध सुपारीसहित गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका– ६ मा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडीलाई शङ्का लागेर चेकजाँच गर्दा भिसिटीएस लगायतको आवश्यक कागजात नभएको दुई हजार केजी सुपारीसहित गाडी चालक दमक नगरपालिका– १ निवासी २८ वर्षीय मुकेश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

सुपारी, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीले बुझाइसकेको डिएसपी रिजालले बताउनुभयो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ बाट ६० केजी सुपारी पनि बरामद गरेको छ ।

नेपालबाट अवैध रुपमा भन्सार छलेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सो परिमाणको सुपारी बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button