तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिको निर्वाचन अगावै काङ्ग्रेस सरकारमा जान्छ : नेता पौडेल

नवलपरासी । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं सांसद प्रदीप पौडेलले राष्ट्रपतिको निर्वाचन अगाडि नै काङ्ग्रेस सरकारमा सहभागी हुने बताउनुभएको छ । 

सहमति भइसकेपछि राष्ट्रपति चुनाव अगावै जान्छौ उहाँले भन्नुभयो। आठ दलीय गठबन्धन बीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ उहाँले भन्नुभयो  केही दिनमा नै महत्त्वपूर्ण मन्त्रालय सहित हाम्रो पाटी सरकारमा जादैछ । अन्य दल पनि सहभागी हुनेछन् ।

प्रेस युनियन पश्चिम नवलपरासीले आज भुमहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले यस्तो बताउनुभएको हो । माओवादी र एमालेको सरकार लामो समय नटिक्नुमा आपसी समझदारी नहुनु र प्रधानमन्त्री भन्दा पनि केपी ओली सुपर प्रधानमन्त्री बन्न खोज्दा एमाले र माओवादीको गठबन्धन भत्किएको नेता पौडेलको भनाई छ। 

सञ्चारकर्मीहरूको जिज्ञासामा युवा नेता पौडेलले काङ्ग्रेसले कतिपय समयमा रणनीतिक योजनामा त्रुटि गरेको भएपनि अब त्यसलाई सच्याएर अगाडि बढ्ने उल्लेख गर्नुभयो । मुलुक आर्थिक सङ्कटमा रहेका कारण चालू खर्च समेत धान्न नसक्ने अवस्था भएको हुँदा सबै दलहरू राष्ट्रिय सहमतिबाटै अघि बढ्नुको विकल्प नभएको पौडेलको भनाई छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button